९ कार्तिक २०८३, सोमबार

गुल्मीको हस्तिचौरमा भिरबाट लडेर मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gulmi-district– अनिल खत्री
गुल्मी भदौ ७ । गुल्मीको हस्तिचौरमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । हस्तिचौर ८ का अन्दाजी ४० बर्षीय हिराबहादुर कुँवर पनाहा खोलामा मृत्य अवस्थामा भेटिएका हुन ।

आइतबार साँझ पसलमा सामान किन्न नजिकैको गाउँमा पुगेका कुँवर राती अवेरसम्म पनि घर नफर्केपछि स्थानीयले खोज्ने क्रममा सोमबार बिहान पनाहा खोलामा मृत अवस्थामा भेटाएको स्थानीय समाजसेवी बेल बहादुर कुवँरले जानकारी दिएका छन ।

कुवँर खोक्लेयार भिरबाट लडेर मरेको र पोष्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास ल्याइदै गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रामप्रकाश पौडेलले बताए ।