२६ कार्तिक २०८३, बिहिबार

एनपीएल : विराटनगरसँग पराजित हुँदा प्रतियोगिताबाट बाहिरियो पोखरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ ।

विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो ।

विराटनगरको यो तेस्रो जित हो । तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ । पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ ।

जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रनको योगदान गरे।

पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २/२ विकेट लिए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटिएको थियो । पोखराका लागि युवराज सामराले सर्वाधिक ८४ रन बनाए ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए ।