२६ कार्तिक २०८३, बिहिबार

एनपीएल : सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् ।

लामिछानेले पोखरा एभेन्जरस विरुद्ध लगातार ३ बलमन विकेट लिदै ह्याट्रिक पूरा गरे। उनले पन्ध्रौँ ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा युवराज शाम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नाको विकेट लिंदै ह्याट्रिक पुरा गरेका हुन्। सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट झारे।

यसअघि ह्याट्रिक लिने खेलाडीमा शाहब आलम र रोहित पौडेल रहेका थिए।

रोहित र शाहबले एनपीएलको दोस्रो सिजनमा ह्याट्रिक गरेका थिए। रोहितले फाइनलमा सुदूरपश्चिमकाविरूद्ध ह्याट्रिकसहित ३ विकेट लिएका थिए। शाहबले काठमाडौंकाविरूद्ध ह्याट्रिकसहित ६ विकेट लिएको रेकर्ड छ।