९ कार्तिक २०८३, सोमबार

रौतहटमा बिपीको सालिक तोडफोड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bp_koirala1रौतहट, ७ भदौ । गौर नगरपालिकास्थित बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा आइतबार तोडफोड भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले बिपी कोइरालाका सालिकमा तोडफोड गरेका हुन् । मोर्चाद्वारा गरिएको लाठी प्रदर्शनसहितको जुलुसको क्रममा एक जत्थाले सालिक तोडफोड गरेका हुन् ।

जिल्ला अदालत चोकदेखि सुरु भएको लाठी जुलुस प्रदर्शन गौरका विभिन्न क्षेत्रमा परिक्रमा गर्दै बिपी चोक पुग्दा आक्रोशित कार्यकर्ताले सो सालिक तोडफोड गरेका हुन् । रासस