९ कार्तिक २०८३, सोमबार

विराटनगरमा सुतली बम विस्फोट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bomविराटनगर, ७ भदौ । विराटनगर–१८ स्थित एमएम प्लास्टिक उद्योगको परिसरमा गएराति १०ः३० बजे अज्ञात समूहले सुतली बम विस्फोट गराएको छ ।

नम्बर नखुलेको मोटरसाइकलमा चढेर आएका दुई जनाले उद्योगको पश्चिमपट्टिको गेटबाट सो बम फालेर फरार भएको सुरक्षागार्डलाई उद्धृत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ ।

यसअघि ती व्यक्तिले जर्दाको डिब्बामा विस्फोटक पदार्थ राखेर आगो सल्काई फालेका थिए । उक्त विस्फोटबाट कुनै क्षति नभएको बुझिएको छ ।

यस घटनाको सम्बन्धमा इलाका प्रहरी कार्यालय रानीले अनुसन्धान गरिरहेको छ । रासस