अस्ट्रेलिया । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको महत्त्वपूर्ण दिन भाइटीका अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूले हर्षोल्लासका साथ मनाएका छन्।
अस्ट्रेलियामा हुर्किएका दोस्रो पुस्ताका नेपाली बालबालिकादेखि नेपालबाट पुगेका अभिभावकसम्मले उत्साहपूर्वक भाइटीका मनाएका हुन्। दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका, माला र मिठाई लगाइदिँदै सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामना गरेका छन्।
विदेशमा रहेर पनि नयाँ पुस्तालाई नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वसँग जोड्ने प्रयास भाइटीकाका अवसरमा देखिएको छ। पारिवारिक आत्मीयता र सांस्कृतिक पहिचानलाई निरन्तरता दिँदै अस्ट्रेलियामा रहेका नेपालीहरूले परम्पराअनुसार भाइटीका मनाएका हुन्।
तस्वीरहरू–



















प्रतिक्रिया