२५ कार्तिक २०८३, बुधबार

राष्ट्रपति पौडेलले लगाए भाइटीका (तस्वीरहरू)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन् ।

टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन् । राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन् ।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो ।

तस्वीरहरू–