२५ कार्तिक २०८३, बुधबार

ममता काफ्लेको हत्या प्रकरण : नरेश भट्ट दोषी ठहर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या प्रकरणमा उनका पति नरेश भट्ट दोषी ठहर भएका छन् ।

भर्जिनियाको प्रिन्स विलियम काउन्टीस्थित जुरीले सन् २०२४ मा आफ्नै श्रीमती ममताको हत्या गरेको अभियोगमा नरेशलाई दोषी ठहर गरेको हो ।

जुरीले उनलाई शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोगमा समेत दोषी ठहर गरेको छ ।

उनको सजाय निर्धारण आगामी मार्च १२ का लागि तय गरिएको छ ।

भट्टको हत्या मुद्दामा मंगलबार अन्तिम बहस सकिएपछि अदालतले फैसला सुनाएको हो ।

अदालतमा बयान दिने क्रममा नरेशले घरमा पत्नी मृत अवस्थामा भेटिएको र आफूले डरका कारण शव टुक्रा पारेर फालेको स्वीकार गरेका थिए । तर, हत्या गरेको आरोप भने अस्वीकार गरेका थिए । ममताको शव अझै फेला परेको छैन ।