२४ कार्तिक २०८३, मंगलबार

प्रहरी सहायक हवल्दार मृत फेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


हेटौंडा । मकवानपुरको हेटौँडामा प्रहरी सहायक हबल्दार मृत फेला परेका छन् ।

गोरखाको आरुघाट गाउँपालिका-३ घर भई हाल लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत ३४ वर्षीय प्रहरी सहायक हबलददार अर्जुन गुरुङ हेटौँडा-८ ओमनगरस्थित आफ्नै कोठाअगाडि झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

मंगलबार बिहान कोठा अगाडि निर्माण गरिएको ट्रस्टको फलामको पाइपमा प्लास्टिकको डोरीको पासो लगाएको अवस्थामा गुरुङको शव फेला परेको प्रहरीले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।