काठमाडौं । तिहारको अवसरमा रातभर देउसी भैलो खेल्न पाइने भएको छ ।
सोमबार गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेर २४सै घण्टा देउसी भैलो खेल्ने दिन निर्देशन दिएको हो ।
गृहले दिएको सात बुँदे निर्देशनमा यसअघि असोज २४ गते जारी गरिएको सूचना पूर्ण रुपमा कार्यान्वयन गराउन भनिएको छ। त्यस्तै, देउसी भैलोका क्रममा शान्तिसुरक्षा, सामाजिक सदभाव र सार्वजनिक मर्यादा कायम राख्न निर्देशन दिइएको छ।
निर्देशनमा देउसी भैलो कार्यक्रम स्वेच्छिक रूपमा सञ्चालन गर्न, कसैलाई पनि कार्यक्रममा सहभागी हुन वा चन्दा तथा दक्षिणा दिन बाध्य नपार्न आग्रह गरिएको छ ।
यसैगरी, जातजाति, धर्म, भाषा, लिंग तथा समुदायबीच द्वेष र घृणा फैलाउने अश्लील गीत, संगीत, नृत्य तथा नाराको प्रयोग नगर्न पनि निर्देशन दिइएको छ।













प्रतिक्रिया