२३ कार्तिक २०८३, सोमबार

राष्ट्रपति पौडेलद्वारा गाई पूजा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गरेका हुन् । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए ।

तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।