काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालको नयाँ बानेश्वरस्थित मुख्य कार्यालयको एटिएम सञ्चालन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
हिन्दुहरुको महान पर्व लक्ष्मीपूजाका दिन नगद लगायतका सम्पतिलाई देवी लक्ष्मीको प्रतीकका रुपमा मानिन्छ ।
लक्ष्मीपूजाको दिन आइतबार स्ट्याण्डर्ड चार्टर्ड बैंकको नयाँ बानेश्वरस्थित एटिएम मेसिनबाट नगद कारोबार गर्न नसकेको गुनासो सेवाग्राहीले गरेका छन् ।

दिउँसो करिब ४ बजे एटिएममार्फत सेवा लिन गएका सेवाग्राहीहरुलाई एउटा मेसिनले नगद निकासीको विकल्प नदिएर मिनी स्टेटमेन्ट, ब्यालेन्स चेक, पिन चेन्ज लगायतका मात्र विकल्प देखाएको थियो भने दोस्रो एटिएम मेसिनले सेवा उपलब्ध गराउन नसक्ने क्षमा मागेको देखिएको थियो ।













प्रतिक्रिया