२२ कार्तिक २०८३, आइतबार

बालुवाटारको रेस्टुरेन्टमा जुवा खेलिरहेका ९ जना पक्राउ, साढे ६ लाखभन्दा बढी बरामद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको बालुवाटारस्थित एक रेस्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख ८५ हजार १९५ रुपैयाँ नगद र नौ बुक तास बरामद गरिएको हो।

प्रहरीका अनुसार आइतबार दिउँसो काठमाडौं महानगरपालिका–४ स्थित नेपाल हाउस रेस्टुरेन्टमा जुवा खेल भइरहेको सूचना प्राप्त भएपछि प्रहरी वृत्त मालीगाउँको टोलीले छापा मारेको थियो। सोही क्रममा जुवामा संलग्न रहेको आरोपमा नौ जना पक्राउ परेका हुन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले पक्राउ परेकाहरूको साथबाट नगद र तास बरामद भएको जानकारी दिएका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ का ४९ वर्षीय सुनिल श्रेष्ठ, ३७ वर्षीय सहिद महमद, २८ वर्षीय सरोज कार्की र ३४ वर्षीय अनिल भण्डारी छन्।

त्यस्तै, काठमाडौं महानगरपालिका–२ का ३७ वर्षीय गणेशमान श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१२ का ३१ वर्षीय सोनाम शेर्पा, ललितपुर महानगरपालिका–२५ का २२ वर्षीय अनिल लामिछाने, संखुवासभाको सभापोखरी गाउँपालिका–६ का ३५ वर्षीय ताराविर तामाङ र सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–३ का २१ वर्षीय महेन्द्र खनाल पनि पक्राउ परेका छन्।