२२ कार्तिक २०८३, आइतबार

कालीमाटीमा तिहारका लागि फूल किन्ने र बेच्नेको चहलपहल (तस्वीरहरु)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिहार नजिकिएसँगै काठमाडौंको कालीमाटी बजारमा फूल किन्ने र बेच्नेहरूको चहलपहल बढेको छ । बजारमा सयपत्री र मखमली फूल तथा फूलमाला बिक्रीका लागि राखिएका छन् ।

तिहारमा घर सजाउन, पूजाआजा गर्न र दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मालाका लागि फूल किन्न आउनेहरूको बजारमा भीड देखिएको छ । व्यापारीहरू फूलमाला बिक्री गर्न व्यस्त छन् भने ग्राहकहरू आफूलाई आवश्यक फूल छनोट गर्दै खरिद गरिरहेका छन् ।

तिहारको रौनकसँगै कालीमाटी बजारमा फूलको किनबेचले चहलपहल थपिएको छ ।