काठमाडौं । काठमाडौं गोर्खाज राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो स्थानमा उक्लिएको छ ।
तेस्रो जित निकाल्ने क्रममा काठमाडौंले साविक विजेता लुम्बिनी लायन्सलाई ३६ रनले हरायो ।
यो जितपछि काठमाडौंको चार खेलबाट ६ अंक पुगेको छ । लुम्बिनी भने हारपछि पनि ७ अंकका साथ शीर्ष स्थानमा कायमै छ । लुम्बिनीको पाँच खेलबाट पहिलो हार हो ।
काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४, अभिशेष गौतमले १६ रन जोडे ।
बलिङमा काठमाडौंका जहान्दाद खानले ४, करण केसीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । जसमा डेभिड वार्नर र शाहिल पटेलले उत्कृष्ट ब्याटिङ गरे । यी दुवै ब्याटरले १०४ रनको शतकीय साझेदारी गरे । वार्नरले अर्धशतक प्रहार गर्दै ६६ र पटेल ३८ रनमा आउट भए ।
लुम्बिनीका शेर मल्ल, अविशेष गौतम र रूवेल ट्रम्पलमेनले २/२ विकेट हात पारे ।












प्रतिक्रिया