२१ कार्तिक २०८३, शनिबार

थापाथलीमा खाद्य कम्पनीको तिहार विशेष रैथाने मेला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तिहारलाई लक्षित गर्दै काठमाडौंको थापाथलीमा तिहार विशेष रैथाने मेला २०८३ शनिबारदेखि सुरु भएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आयोजना गरेको तीनदिने मेलाको शनिबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले उद्घाटन गरेका हुन् ।

चाडपर्वका अवसरमा देशका मौलिक तथा स्थानीय उत्पादन र रैथाने बालीको प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको कम्पनीले जनाएको छ । स्थानीय उत्पादनलाई उपभोक्तासम्म पुर्‍याउने माध्यमका रूपमा मेलालाई आयोजना गरिएको हो ।

मेलामा देशका विभिन्न स्थानका कृषकले उत्पादन गरेका कृषि उपज तथा स्वदेशी उद्यमीले तयार गरेका वस्तुहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएका छन् ।

स्थानीय उत्पादनको बजारीकरण, स्वदेशी वस्तुको उपभोग वृद्धि तथा रैथाने बालीको संरक्षण र प्रवद्र्धनमा मेलाले सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने मेलामा उपभोक्ताले स्थानीय तथा परम्परागत उत्पादन एकै स्थानमा अवलोकन तथा खरिद गर्न सक्नेछन् ।