२१ कार्तिक २०८३, शनिबार

मात्तिमबारे परिचयात्मक सामग्री प्रकाशन गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी । खोटाङ जिल्लाको मात्तिमका बारेमा विस्तृत परिचय समेटिएको सामग्री प्रकाशन हुने भएको छ ।

मात्तिम सरोकार समाजका सदस्य तथा लेखन कार्यमा सक्रिय ढुण्डी दुलालका अनुसार मात्तिमबारे पूर्ण रुपमा जानकारी दिनका लागि उक्त सामाग्री प्रकाशन गर्न लागिएको हो ।

मात्तिम सरोकार समाजले आज सुनसरीको इटहरीमा तिहार तथा छठको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान एवं देउसीभैलो कार्यक्रममा त्यसबारे जानकारी दिइएको हो ।

देउसीभैलो कार्यक्रममा समाजका अध्यक्ष कुमार फुयाल, संस्थापक एवं संरक्षक जंगबहादुर खड्का, उपाध्यक्ष नइन्द्र कटवाल, सचिव रेवती भट्टराई लगायतको उपस्थिति रहेको थियो ।