काठमाडौं । गृहमन्त्री सुधन गुरुङ रास्वपा गोरखा–काठमाडौं सम्पर्क विभागले आयोजना कार्यक्रमको बीचमा उठेर हिँडेका छन् ।
विभागले शनिबार काठमाडौंमा नयाँ बजारमा आयोजना गरेको कार्यक्रममा वक्ताको संख्या धेरै भएपछि गृहमन्त्री गुरुङ कार्यक्रमको बीचमै कार्यव्यस्तता देखाउँदै उठेर हिँडेका हुन् ।

कार्यक्रम जारी रहँदा गृहमन्त्री गुरुङ बाहिरिएपछि आयोजक अलमलमा परेको थियो ।

कार्यक्रमबाट बाहिरिएपछि बाहिर भने उनले आफ्नो निर्वाचन क्षेत्र गोरखाको विकासका बारे प्रतिक्रिया दिएका थिए ।
गुरुङले भौगोलिक विकटता र बाटो नभएका कारण हिमाली क्षेत्रका नागरिकले भोग्नुपरेको समस्या सरकारले समाधान गर्ने बताएका थिए ।
गुरुङले आगामी दिनमा सरकारले हिमाली तथा दुर्गम क्षेत्रको बाटो निर्माण र बजेट व्यवस्थापनमा विशेष ध्यान दिने उल्लेख गरे ।
देशका सवै स्थानमा नागरिकले भोग्नुपरेका समस्यालाई वर्तमान सरकारले केन्द्रमा रहेको उनको भनाइ छ ।












प्रतिक्रिया