२१ कार्तिक २०८३, शनिबार

विष्णु माझीले ल्याइन् नयाँ गीत ‘फूल प्याउलीको’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली लोकसंगीत क्षेत्रकी चर्चित गायिका विष्णु माझीको नयाँ लोक दोहोरी गीत ‘फूल प्याउलीको’ सार्वजनिक भएको छ ।

गीतमा चर्चित गीतकार नवराज पन्तका मनछुने शब्द छ भने संगीत स्वयं गायक बसन्त थापाले भरेका हुन् ।

‘डाडै फुर्के सल्लो’, ‘सालको पातको टपरी’जस्ता लोकप्रिय गीतमा सहकार्य गरेका माझी, थापा र पन्तको केही समयको अन्तरालपछिको सहकार्यमा आएको यो गीत डान्सिङ शैलीमा समेत रहेको छ ।

मौलिक भाका र नेपाली जनजीवनको मिठास समेटिएको गीतमा माझीलाई स्वरमा थापाले साथ दिएका छन् ।

गीतलाई ‘एसएस सिरिज’ युट्युबमा सार्वजनिक गरिएको हो ।

नेपाली गाउँघरको संस्कृति, लाहुरे परिवेश, मौलिक जीवनशैली र मायाप्रेमको भावलाई गीतमा निकै सुन्दर ढंगले प्रस्तुत गरिएको छ ।

गीतमा विदेश र शहरदेखि दिक्क भएर आफ्नो गाउँठाउँ ठिकै हो, गाउँका फूल परिवेश राम्रा छन् भन्ने परिवेशको वर्णन गरिएको गीतमा माझीको जादुमय स्वर र थापाको ठेट गायकीको संगमले गीतलाई थप कर्णप्रिय बनाएको छ ।

गीतको भिडियो पनि बनेको छ ।

भिडियोमा डान्सर तथा मोडल प्रदीप लामा र जुना विश्वकर्माको अभिनय तथा नृत्य हेर्न सकिन्छ ।

भिडियोमा लाहुरे गाउँ फर्किएको परिवेश, मेलापात, घाँस–दाउरा, ढिकी–जाँतो, रोदी–झ्याउरे तथा नेपाली मौलिक जनजीवनलाई आकर्षक ढङ्गले समेटिएको छ । साथै, हिमशृङ्खला तथा रमणीय पहाडी भूगोलको पृष्ठभूमिमा खिचिएको दृश्यले दर्शकको आँखा लोभ्याउँछ ।

भिडियोको निर्देशन तथा कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् ।

नवराज उप्रेतीले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका छन् ।

गीतका निर्माता अर्जुन बोहरा हुन् । गीतले दर्शक स्रोताको मन जित्नेमा आफू ढुक्क रहेको गायक थापाले बताए ।