काठमाडौं, ७ भदौ । चार विश्व विद्यालयका उपकुलपति सिफारिस गरेकोमा सत्ता साझेदार एमालेले कडा आपत्ति जनाउँदै सो सिफारिस तत्काल फिर्ता लिन आग्रह गरेको छ।
एमालेले पटक(पटकको बैठकमा दुई पार्टीले गरेको निर्णयसमेत बेवास्था गर्दै शिक्षा मन्त्री चित्रलेखा यादवको सिफारिस समितिले गरेको निर्णय गलत भएको आरोप लगाएको हो ।
पूर्वमन्त्री एवम् एमाले विभाग प्रमुख गंगालाल तुलाधारले एकलौटी रूपमा गरेको निर्णय मान्य नहुने जानाउँदै आन्दोलनमा जानुको विकल्प नभएको बताएको नेपाल समाचार पत्र दैनिकले छापेको छ ।
उनले नेपाली कांग्रेसभित्रै विवाद भइरहेको अवस्थामा हचुवाको भरमा गरेको निर्णय मान्य नहुने बताउँदै तत्काल निर्णय सच्याउन आग्रह गरे।
उनले भने,‘ लामो समयसम्म सत्ता साझेदार रहेका एमालेको सहमतिबेगर गरेको सिफारिस कुनै पनि हालतमा मान्दैनौ।’
सिफारिस समितिले शनिबार त्रिभुवन विश्वविद्यालयका लागि प्राडा तीर्थराज खनियाँ, नेपाल संस्कृतका लागि कुलप्रसाद कोइराला, पूर्वाञ्चलका लागि प्राडा घनश्यामलाल दास र सुदूरपश्चिमका लागि प्रा भुषण श्रेष्ठको नाम सिफारिस गरेको थियो।















प्रतिक्रिया