काठमाडौं, ७ भदौ । उच्च शिक्षाका लागि बिदेसिने विद्यार्थीहरूलाई शैक्षिक परामर्श दिने कन्सल्ट्यान्सी सञ्चालकमाथि प्रहरीले मानव तस्करी हुन्डी कारोबारमा अनुसन्धान थालेको छ ।
कन्सल्ट्यान्सीमार्फत जाने विद्यार्थीबाट चर्को रकम असुलेको आरोपमा पक्राउ परेका तथा छानबिनको दायरामा रहेका सञ्चालकमाथि महानगरीय प्रहरी अपराध महाशाखाले संगठित तथा आर्थिक अपराधमा विशेष अनुसन्धान अघि बढाएको कारोबार दैनिकले समाचार छापेको छ ।
विदेसिने विद्यार्थीसँग लिइएको शूल्क हुन्डीको माध्यमबाट पठाउने गरेको,आकर्षक रोजगारीको प्रलोभन देखाएर मानव तस्करी गरेको सरकारी छाप तथा तस्तखत किर्तेमा संलग्न रहेको सर्तअनुसार सञ्चालन नगरेकोलगायतका अभियोग कन्सल्ट्यान्सीमाथि लगाइएको छ ।















प्रतिक्रिया