भक्तपुर, ६ भदौ । भक्तपुरको हनुमन्ते खोलाले आज साँझ १० वर्षीय एक बालकलाई बगाएको छ ।
भक्तपुरको बङ्शगोपालबाट बाराही हुँदै सूर्यविनायक जाने सडकमा रहेको हनुमन्ते खोला किनारामा खेल्दै गरेको भक्तपुर नगरपालिका–१६ बङ्शगोपालका भानुभक्त शिवाचार्यको१० वर्षका छोरा ईशान शिवाचार्यलाई खोलामा आएको बाढीले बगाएको हो ।
खोलाको बाढी बढेर सडक किनारासम्म आइपुगेको र खेल्दै गरेको बच्चा लडेर खोलामा खस्दा बगाएको अर्को बालकले बताएपछि घटनाका बारेमा परिवारले थाहा पाएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक विकास श्रेष्ठले जानकारी दिनुभयो ।
बालकको व्यापक खोजी गरेपनि हालसम्म नभेटिएको उहाँले जानकारी दिनुभयो । रासस















प्रतिक्रिया