२० कार्तिक २०८३, शुक्रबार

दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गत दुई संसदीय समितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ । 

संघीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो । 

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ । साथै, सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द (काठमाडौं) र चन्द्रबहादुर सारू (अर्घाखाँची)लाई समितिमा आमन्त्रण गरी सुनुवाइ गरिने संसद् सचिवालयका कानुन सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन् । 

यसैगरी, पूर्वाधार विकास समितिको हलमा आजै बिहान ९ः३० बजे बस्ने हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठकमा विपद्पछिको अवस्थाबारे मन्त्रालयहरूसँग छलफल हुनेछ । 

बैठकमा अर्थ मन्त्रालय र पूर्वाधार विकास मन्त्रालयसँग विपद्पश्चात् गरिएका उद्धार, राहत, पुनर्निर्माण तथा पुनर्स्थापना कार्यहरूको पछिल्लो प्रगति विवरणबारे जानकारी लिने कार्यसूची तय गरिएको छ ।