काठमाडौं । नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको अध्यक्षमा प्रभुराम थापा निर्विरोध निर्वाचित भएका छन् । कार्तिक १८ र १९ गते काठमाडौंमा भएको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशनबाट थापा निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् । अन्य पदमा भने निर्वाचन हुने भएको छ ।
उपाध्यक्षमा चानक राज पोखरेल र टकबहादुर गुरुङ, सचिवमा रामशरण सिम्खडा र सन्तोष कुमार भट्टराई, उपसचिव खुलामा कृष्ण प्रसाद लामिछाने र सुरेश केसी (सूर्य), उपसचिव महिलामा ज्योती देवी शर्मा उम्मेदवार रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा खुलातर्फ मध्यपूर्व कृष्णप्रसाद आचार्य, चन्द्रबहादुर गुरुङ, तेजबहादुर कटुवाल, प्रभात त्रिपाठी, विनेशकुमार तामाङ, शालिग्राम पन्त, महिलातर्फ इन्दिरा कटुवाल, रस्मी राई (गुरुङ), युरोपतर्फ खुलामा इन्द्रप्रसाद ओली, गोविन्द प्रसाद पौडेल, चन्द्रकान्त आचार्य, टीकाराम सापकोटा, सत्यनारायण झा, सुरेन्द्र थपलिया, महिलातर्फ चन्द्रा कुमारी गुरुङ र सरस्वती केसीको उम्मेदवारी रहेको छ ।
अमेरिकातर्फ खुलामा प्रकाश बस्नेत, रमेश प्रसाद घिमिरे घिताल, महिलामा कुन्ती थापा, जानकी कार्की, पूर्वी एसियामा खुलातर्फ अनित थपलिया, वसन्त राई, रामचन्द्र लोचन र महिलातर्फ डा. सन्जुकुमारी पौडेल, ओसियनातर्फ खुलामा केशव जोशी, बालगोपाल उपाध्याय, माधव शाह र महिलामा सीता केसी थापा उम्मेदवार रहेका छन् ।












प्रतिक्रिया