१९ कार्तिक २०८३, बिहिबार

वार्नरको आक्रामक ब्याटिङमा काठमाण्डुको सहज जित, विराटनगर ९ विकेटले स्तब्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा काठमाण्डु गोर्खाजले विराटनगर किंग्समाथि ९ विकेटको प्रभावशाली जित निकालेको छ।

विराटनगरले दिएको ८४ रनको लक्ष्य काठमाण्डुले ९ ओभर ४ बलमै एक विकेट गुमाएर पूरा गर्‍यो। काठमाण्डुको जितमा डेभिड वार्नरले अविजित ४४ रन बनाउँदै महत्वपूर्ण योगदान दिए। उनले २४ बलको सामना गर्दा तीन छक्का र दुई चौका प्रहार गरे।

त्यस्तै विलियम बोसिस्टोले पनि अविजित २३ रन जोडे। उनले २४ बलमा तीन चौका प्रहार गरेका थिए। विराटनगरका अप्राजित पौडेलले एक विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।