काठमाडौं । संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध शुक्रबार र शनिबार संसदीय सुनुवाई गर्ने भएको छ ।
सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय सुनुवाईका लागि समिति सचिवालयले तयार पारेको कार्यतालिका पारित गरेको हो । जसअनुसार शुक्रबार उजुरीकर्तासँग छलफलका साथै प्रस्तावित न्यायाधीशद्वय डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूको सुुनुवाइ गरिने समितिले जनाएको छ ।
त्यस्तै, शनिबार जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाई हुने समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए ।
उनले डा. रत्नबहादुर बागचन्दको विरुद्धमा ५ वटा उजुरी, चन्द्रबहादुर सारूको विरुद्धमा ६ वटा उजुरी, जनक पाण्डेको विरुद्धमा १० वटा र गोकर्ण डाँगीको विरुद्धमा ७ वटा उजुरीहरू परेको बताए । जसमा ५ जनाले सबैविरुद्ध उजुरी दिएको उनले जानकारी दिए ।
बैठकमा प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरीहरु अध्ययनका लागि समिति सदस्यहरुलाई वितरण गरिएको थियो ।
असोज २० गते बसेको न्याय परिषद्को बैठकले सर्वोच्चको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो ।












प्रतिक्रिया