काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाज खेल्दैछ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा काठमाडौंले टस जितेर बलिङ रोजेको छ ।
४ खेलमा २ जित र २ हार व्यहोरेको विराटनगर दोस्रो स्थानमा छ ।
काठमाडौंको २ खेलमा १ जित र १ हार रहेको छ । काठमाडौं सातौं स्थानमा छ ।
आजै भएको पहिलो खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १६ रनले पराजित गरेको छ ।












प्रतिक्रिया