२० कार्तिक २०८३, शुक्रबार

सम्यक महादानमा सहभागी हुन राष्ट्रपतिलाई निमन्त्रणा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष काठमाडौं महानगरपालिका सम्यक महादान मूल समारोह समितिले सम्यक महादानको निमन्त्रणा प्रदान गरेको छ ।

राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित कार्यक्रममा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलले सो निमन्त्रणा प्रदान गरेकी हुन् ।

कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरका जनप्रतिनिधि लगायतको पनि सहभागिता थियो ।