१७ कार्तिक २०८३, मंगलबार

भीष्म आङ्देम्बेले सभामुखलाई भेटेर बुझाए विपक्षी दलको बैठकको निर्णयहरू

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपक्षी दलहरूको बैठकका निर्णयहरू सभामुख डीपी अर्याललाई जानकारी गराएका छन् ।

सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा पुगेर आङदेम्बेले निर्णयहरू जानकारी गराएका हुन् ।

सोमबार कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालको बैठकले सङ्घीय संसद्को अधिवेशन तत्काल आह्वान गर्न माग गर्ने निर्णय गरेको थियो ।