१७ कार्तिक २०८३, मंगलबार

कारागारबाट कैदी फरार प्रकरणः घटनाको छानविन गर्न डिआईजी सापकोटा डोल्पामा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुर्खेत। गत शुक्रबार डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका कैदीहरु खोज्न र आवश्यक निर्देशन दिन कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज सापकोटा मंगलबार डोल्पा पुगेका छन् ।

उनीसहित डोल्पामा केन्द्रीय छानविन टोलीसमेत पुगेर अनुसन्धान थालेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका एसएसपी सन्तोषसिंह राठौरले जनाकारी दिए ।

‘कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतको नेतृत्वमा छानविन टोली गठन भएको थियो । उक्त टोली पनि आजै डोल्पा पुगेर आवश्यक अनुसन्धान गर्न सुरु गरेको छ,’ उनले भने, ‘कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको अवस्था, सुरक्षाकर्मीको जिम्मेवारी र निगरानीमा भएको कमजोरीबारे स्थलगत अध्ययन गर्नेछ ।’

शुक्रबार राति ५ जना जबर्जस्ती करणी र ३ जना चोरी मुद्दाका कैदीले करिब चार मिटर लामो सुरुङ खनेर भागेका थिए । भागेका कैदीमध्ये दुईजना आजै रुकुममा फेला परेका छन् । अझै ६ फेला पर्न सकेका छैनन् ।