काठमाडौं । एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (इन्टरनेसनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज–आईक्याप)को १३ औं महासभामा सहभागी हुन नेकपा (एमाले)का तर्फबाट सचिव शेरधन राई सोमबार दक्षिण कोरियाको राजधानी सोल प्रस्थान गरेका छन् ।
महासभामा भाग लिने सचिव राई नेतृत्वको एमालेको प्रतिनिधिमण्डलमा डा. गोपाल खनाल छन् ।
महासभा नोभेम्बर ४ देखि ७ सम्म दक्षिण कोरियाको राजधानी सोलमा आयोजना हुँदैछ ।
नेपालबाट चार प्रमुख राजनीतिक दलको सहभागिता रहनेछ ।
महासभामा ३६ देशका करिब ९० राजनीतिक दलका ३०० प्रतिनिधि सहभागी हुँदैछन् ।












प्रतिक्रिया