काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला ७ सयले बढेर दुई लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन प्रतितोला दुई लाख ७४ हजार ३ सयमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटको छ । आज चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि सोमबार चाँदी ३ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया