१७ कार्तिक २०८३, मंगलबार

कस्तो रहनेछ आज दिनभरको मौसम ?

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेशमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली रहेको छ । देशका पहाडी, तराई, उपत्यका तथा खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराईको भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

राति भने देशको हिमाली भू–भागमा आंशिक बादली लाग्नेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ ।

आगामी चार दिनका लागि कुनै चेतावनी नरहेको महाशाखाले जनाएको छ । यद्यपि, सर्वसाधारण तथा सम्बन्धित सबै सरोकारवाला निकायहरूलाई पछिल्लो मौसमी सूचना तथा पूर्वानुमानबारे नियमित रूपमा जानकारी लिन महाशाखाले अनुरोध गरेको छ ।