– महेश केसी
रुकुम, ६ भदौ । अखण्ड रुकुमको माग राख्दै सुरु भएको आन्दोलन नियन्त्रण बाहिर गएपछि रुकुममा स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ ।
जिल्लालाई अखण्ड राखी प्रस्तावित ५ नं. प्रदेशमा कायम गर्नुपर्ने माग राख्दै भैरहेको आन्दोलन अन्तरगत आज आईतबार आन्दोलनको १५ औं दिनमा प्रदर्शन नियन्त्रण वाहिर गएपछि विरोधका कार्यक्रमबाट व्यक्तिगत जिउधन तथा सार्वजनिक सम्पत्तीमा पुग्ने क्षतिको सम्भावनालाई मध्यनजर गर्दै एक सुचना जारी गरी जिल्ला प्रशासन कार्यालय रुकुमले निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिल्ला सदरमुकाम मुसिकोटको बजारको पुर्वमा कालिकास्थान दोबाटो, पश्चिममा विपि चोक, उत्तरमा कालिकास्थान, जिल्ला अदालत, जिल्ला विकास समितिको कार्यालय र सरकारी वकिलको कार्यालय जानो बाटो, दक्षिणमा कालिकास्थानबाट जिल्ला विकास समितिको कार्यालय, जिल्ला प्रसासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसम्म भदौं ६ गते आईतबारदेखी अर्को सूचना नभएसम्मका लागी निषेधित क्षेत्र तोकी सुरक्षा व्यवस्था कडा बनाईएको छ ।
आज भएको पर्दशनमा आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय र नेपाल टेलिकमको कार्यालयमा ढुगांमुढा गरेपछी जिल्लाको स्थिती तनावग्रस्त भएको छ ।















प्रतिक्रिया