१६ कार्तिक २०८३, सोमबार

मध्यपुर थिमि नगरपालिकामा छापा : ३० लाख बढी घुससहित प्रमुख प्रशासकीय अधिकृत (अपडेट)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार अपराह्न उनलाई ३० लाख रुपैयाँभन्दा बढी रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार घिमिरेलाई रंगेहात पक्राउ गरिएको हो। पक्राउपछि टोलीले घटनास्थलबाट बरामद भएको रकम गणना गर्नुका साथै मुचुल्का तयार पार्ने र आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।

बरामद रकमको यकिन विवरण भने गणना प्रक्रिया पूरा भएपछि सार्वजनिक हुने बताइएको छ।