– महेश केसी
रुकुम, ६ भदौ । रुकुम जिल्लालाई ५ नम्बर प्रदेशमा कायम गर्नुपर्ने माग राख्दै गरिएको ४८ घण्टे आमहड्तालले आज रुकुम जिल्ला पुर्ण रुपमा ठप्प रहेको छ ।
हजारौको संख्यामा प्रदर्शनमा उत्रेका आन्दोलनरीले सडकमा टायर बालेर नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय रुकुम र नेपाल टेलिकमको कार्यालयमा ढुंगामुढा गरेका छन् । जिल्लालाई अखण्ड गर्न माग गर्दै नागरिक तहबाट विगत १५ दिनदेखी भैरहेको आन्दोलन विस्तारै नियन्त्रण वाहिर जान लागेको छ ।
एकीकृत रुकुम संयुक्त समितिले अगुवाई गरिरहेको आन्दोलनमा शान्तिपुर्ण तवरले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै आन्दोलनलाई कडाईका साथ लैजाने मनसायमा रहेको संघर्ष समितिले आज आइतबार भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा आक्रोश पोखेका हुन् भने आम हड्ताल गरेर जिल्लाका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयहरु बन्द हुनुपर्ने तर यस अन्तर्गत नेपाल टेलिकम बन्द नभएको भन्दै कार्यालयमा ढुंगामुडा गरको हुन । दुबै कर्यालयमा कुनै क्षति भने नपुगेको प्रहरीले जनाएको छ । प्रहरी प्रशासन संयम हुँदा दाहोरो झडपको स्थिती भने सिर्जना भएन ।
आम हड्तालले रुकुम सदरमुकाम बजार र आसपासका सबै क्षेत्रमा रहेका कल–कारखाना, उद्योग, पसल र यातायातका साथै शैक्षिक संघ–संस्था र सरकारी गैरसरकारी कार्यालय र होटेल समेत पुर्ण रुपमा ठप्प हुँदा जनजीवन कष्टकर बन्दै गएको छ ।
आफ्ना मागहरु पुरा हुने सम्भावना देखिएपछी विचमा केही दिन बन्द र प्रदर्शनलाई खुकुलो बनाएको भएपनि पछिल्नो पटक शीर्ष तहमा अर्को एउटा प्रदेश थपेर सात प्रदेश बनाउने र यसै अन्तर्गत जिल्लाको पुर्वी भागलाई ५ नं. प्रदशेमा र पश्चिम भागलाई ६ न. प्रदेशमा कायम गर्ने गरिएपछी आफूहरुको माग संबोधन नभएको भन्दै थप आन्दोलन कार्यक्रम तय गरिएको हो । थप कार्यक्रम अन्तरगत आज विहान देखी ४८ घण्टे अल्टिमेटम दिएर जिल्लामा आमहड्ताल आह्वान गरिएको छ ।
















प्रतिक्रिया