१५ कार्तिक २०८३, आइतबार

बडिमालिकाबाट फर्किने क्रममा हिमपातमा परेका युवक मृत फेला

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बाजुरा । बाजुराको धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिकाबाट फर्किने क्रममा भारी वर्षा र हिमपातमा परेका युवक मृत फेला परेका छन् । उनी शनिबारदेखि बेपत्ता थिए ।

मृत फेला पर्नेमा कञ्चनपुरको वेदकोट नगरपालिका दैजीका २० वर्षीय मनिष बोहरा रहेका छन् । सुरक्षाकर्मीको टोलीले उनको शव बडीमालिकास्थित त्रिवेणी पाटननजिकै फेला पारेको हो ।

उनको शव हेलिकप्टरमार्फत सदरमुकाम मार्तडी ल्याउने तयारी भइरहेको बताइएको छ ।