९ कार्तिक २०८३, सोमबार

बच्चा जन्माइदिने भन्दै रौतहटमा झाँक्रीले यसरी गरे विवाहित महिलाको बलात्कार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dad-daughter-sexरौतहट, ६ भदौ । रौतहटमा एक महिला सन्तान पाउने आशमा झाँक्रीबाटै बलात्कृत भएकी छिन् ।

रौतहटको जोकहा गाविसमा शनिबार राति झारफुक गर्ने बहानामा जोकहा ६ का ४५ वर्षीय झाँक्री मौलाना मोफिजुल हकले २५ वर्षीय विवाहित महिलाको बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले दिएको जानकारी अनुसार विवाह पश्चात जन्मिएको एक सन्तानको मृत्युपछि लामो समयसम्म पनि अर्को सन्तान नजन्मिएकाले झारफुक गराउन मौलानाको सहयोग लिन पुगेकी महिला बलात्कृत भएकी हुन् ।

आफूले झारफुक गरेपछि सन्तान प्राप्त हुने भनेर मौलानाले विश्वास दिलाएपछि पीडित दम्पत्ती झारफुकका लागि तयार भएका थिए । शनिवार राति झाक्री विधिले उपचार गर्ने भन्दै दम्पत्तीको घरमा पुगेका मौलानाले झारफुकका लागि सात वटा धाराको पानी थापेर ल्याउन श्रीमानलाई घरबाट बाहिर पठाएर श्रीमतीको बलात्कार गरेका थिए ।

जबरजस्ती महिलाको इज्जत लुट्ने झाँक्री मौलानालाई तत्कालै परिवारजन र गाउँलेले पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । गाउँको महिलालाई सन्तानको आश देखाएर झारफुक गर्ने भन्दै जबरजस्ती करणी गरेका मौलानालाई नियन्त्रणमा लिएर जबरजस्ती करणी मुद्दामा कारवाही प्रक्रिया अगाडि बढाइएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी सुधिर राज शाहीले बताए ।