१४ कार्तिक २०८३, शनिबार

पत्रकार पक्राउ र सञ्चारगृहमाथि प्रहरी हस्तक्षेपविरुद्ध महासंघको प्रदर्शन (तस्वीरहरु)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पत्रकार र सञ्चारगृहमाथि भइरहेको धरपकडविरुद्ध पत्रकारहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

शनिबार बिहान नेपाल पत्रकार महासंघको आह्वानमा माइतीघरमा पत्रकारहरुको प्रदर्शन गरेका हुन् ।

महासंघले पत्रकार पक्राउ, सञ्चारगृह माथि धरपकड र न्युजरूममा सरकार र प्रहरी हस्तक्षेप बढेपछि माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा पत्रकारहरुले सरकारी रवैयाको विरोधमा नरााबाजी गर्नुका साथै प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

वर्षा र झरीको प्रवाह नगरी पत्रकारहरु प्रदर्शनमा सहभागी भएका थिए ।

शुक्रबार साँझ प्रहरीले नयाँ पत्रिका र दियोपोस्टको कार्यालयमा धरपकड गर्ने प्रयास गरेको थियो । सोही क्रममा नेपाल प्रेस डटकमका विश्वमणि सुवेदी, मोटिभेट न्युज डटकमका शोभराज बराल र डिएनए खबरका धीरज बस्नेतलाई पक्राउ गरेको थियो ।

पक्राउ परेका पत्रकारको रिहाइका लागि पत्रकार महासंघका प्रतिनिधिसहितका सञ्चारकर्मी साइबर ब्युरो पुगेका थिए । चौतर्फी विरोधपछि तीनै पत्रकारलाई प्रहरीले रिहा गरेको थियो ।

प्रदर्शनका क्रममा पत्रकारहरुले ‘विचौलिया–प्रधामन्त्री न्यायालय कनेक्सन छानबिन गर’, ‘प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर’, ‘संसद इजलास र समाचार कक्षको स्वतन्त्रता सम्मान गर’ लेखिएका प्लेकार्ड बोकेर बोकेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनका क्रममा नेपाल पत्रकार महासंघका पूर्ववरिष्ठ उपाध्यक्ष रमेश विष्ट लगायतले प्रदर्शनलाई सम्बोधन गरेका थिए ।