१३ कार्तिक २०८३, शुक्रबार

विनापुर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो : शंकर पोखरेल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विनापुर्जी नागरिक पक्राउ गर्नु सर्वसत्तावादी अभ्यास भएको टिप्पणी गरेका छन् ।

महासचिव पोखरेलको यो टिप्पणी आज केही पत्रकारहरुलाई पक्राउ गरिएको घटनापछि आएको हो ।

सामाजिक सञ्जालमा लेख्दै पोखरेलले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रण गर्न खोज्नु फासीवादको स्पष्ट संकेत भएको बताएका हुन् ।

‘विनापुर्जी पक्राउ गर्नु नागरिकमाथि त्रास फैलाउने सर्वसत्तावादी अभ्यास हो । शक्ति पृथकीकरणको सिद्धान्तविपरीत राज्यका सबै अंगलाई त्रासमा राखेर नियन्त्रणमा लिन खोज्नु फासीवादको प्रष्ट संकेत हो । सामाजिक सञ्जालको लहरबाट उदाएको जनमतले शासकीय शैली विधिसम्मत बनाउन सकेन भने, त्यही जनमत उल्टिन समय लाग्दैन । समयमै सचेत हुनु राम्रो !’ पोखरेलले लेखेका छन् ।

प्रहरीले आज काठमाडौंका विभिन्न सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको छ ।

सादा पोशाकका प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका पत्रकार शोभराज बराललाई पक्राउ गरेको हो ।

त्यस्तै, नयाँ पत्रिका दैनिकका पत्रकार नवराज मैनाली र दियो पोस्टका सम्पादक सुदीप विश्वकर्माको खोजी गर्दै प्रहरी उनीहरूको कार्यालय पुगेको छ ।