काठमाडौं । पुतलीसडकस्थित नयाँ पत्रिका दैनिकको कार्यालयमा प्रहरी पुगेको छ ।
त्यहाँ कार्यरत पत्रकारहरूका अनुसार प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो ।
घटनाबारे जानकारी दिँदै नयाँ पत्रिकाका एक पत्रकारले भने, “प्रहरीले पत्रकार नवराज मैनालीलाई खोज्दै आएका छन् । उनीहरूले मैनालीलाई साइबर ब्युरोमा बुझ्नका लागि लैजान आएको बताएका छन् ।”
त्यस्तै, नयाँ पत्रिकाका समाचार सम्पादक खगेन्द्र पन्तले कार्यालयमा सादा पोसाकमा चार/पाँच जना प्रहरी आएको पुष्टि गर्दै भने, “कार्यालयमा महानगरीय अपराध महाशाखाबाट आएको बताउँदै सादा पोसाकका प्रहरी आएका छन् । उनीहरूले हाम्रो संवाददातालाई साइबर ब्युरो लैजाने बताएका छन् ।”
यसअघि आजै प्रहरीले ‘नेपाल प्रेस’का पत्रकार विश्वमणि सुवेदीलाई पनि नियन्त्रणमा लिएको छ । यसअघि माेटीभेट न्युजका पत्रकार शोभराज बराललाई पक्राउ गरेकाे थियाे भने दियाे पोस्टका सम्पादक सुदिप विश्वकर्मा खाेज्दै उनकाे कार्यालयमा सादा पाेशाकका प्रहरी पुगेका थिए ।












प्रतिक्रिया