१३ कार्तिक २०८३, शुक्रबार

सर्वोच्च अदालतको फुलकोर्ट बैठक निष्कर्षविहीन, सोमबार पुनः बस्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । सर्वोच्च अदालतको फुलकोर्ट बैठक बिना निष्कर्ष सकिएको छ । प्रधानन्यायाधीस डा. मनोजकुमार शर्माले शुक्रबारका लागि बोलाएको बैठक निष्कर्षविहीन भएको हो ।

विचौलिया इनम सापकोटासँग न्यायाधीस लगायतको नाम जोडिएपछि बैठक बोलाइएको थियो । बैठकमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित सर्वोच्चका १६ मध्ये १४ न्यायाधीश उपस्थित थिए ।

वरिष्ठतम न्यायाधीश सपना मल्ल प्रधान र अब्दुल अजिज मुसलमान भने विदेशमा रहेकाले उपस्थित हुन नसकेका हुन् ।

बैठकमा प्रधानन्यायाधीसदेखि न्यायाधीसको नाम जोडिएको विषयमा छानबिन समिति बनाउनुपर्ने माग गरिएको थियो । तर त्यसमा सहमति जुट्न नसक्दा कुनै निष्कर्ष ननिस्किएको हो । बैठक सोमबार पुनः बस्नेछ ।