काठमाडौं । लगातारको वर्षाले पहिरोको जोखिम बढाएपछि सडक डिभिजन कार्यालय भरतपुरले मुग्लिन–नारायणगढ सडकखण्डमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
कार्यालयले शुक्रबार बिहान ११ः२५ बजे सूचना जारी गर्दै सडकमा सवारी आवागमन सामान्य रूपमा सञ्चालनमा रहे पनि वर्षाका कारण पहिरो खस्ने जोखिम नहटेको जनाएको हो । यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सुरक्षा निकायसँग सडकको पछिल्लो अवस्था बुझेर मात्रै अघि बढ्न चालक तथा यात्रुलाई अनुरोध गरिएको छ।
कार्यालयले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षित यात्रामा सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।
सूचनामा भनिएको छ, ‘अर्नब चक्रबातको कारण हाल नेपालीको धेरै भागमा वर्षा भइरहेको छ। मुग्लिन-नारायणगढ सडकखण्ड सामान्य अवस्थामा छ भने सवारी आवागमन पनि सुचारु रहेको छ। वर्षाको कारण सडक र पहिरोको सम्भावित जोखिम कायमै रहेकोले अत्यावश्यकबाहेक यात्राको तय नगर्नुहुन साथै यात्रा गर्नैपरे सम्बन्धित सुरक्षा निकायमा सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्नुहुन सम्पूर्ण सबैलाई अनुरोध गरिन्छ।’












प्रतिक्रिया