काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो सिजनअन्तर्गत जनकपुर बोल्ट्सले पहिलो जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको पहिलो खेलमा जनकपुरले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको हो ।
जनकपुरका लागि मोइन अलिले अविजित ५८ रन बनाए । उनलाई सैफ हसनले ४० रन बनाएर साथ दिएका थिए ।
यसअघि टस जितेर ब्याटिङमा ओर्लिएको काठमाडौंले १९.३ ओभरमा १० विकेटको क्षतिमा ११५ रन बनाएको थियो । काठमाडौंलाई सस्तैमा समेट्न जनकपुरका युवा बलर चार विकेट लिएका थिए ।














प्रतिक्रिया