११ कार्तिक २०८३, बुधबार

अदालतमा उपस्थित भए एन्फा अध्यक्ष र महासचिव

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा सीआईबीले मुद्दा दायर गरेपछि उनीहरू फरार रहेका थिए । उनीहरू बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् । उनीहरूको बयान सकिइसकेको छ । अब थुनछेक बहस हुनेछ ।

यही मुद्दामा यसअघि कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डे धरौटीमा रिहा भइसकेका छन् ।