–सञ्जय मिश्रा
रौतहट । पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरका ओटीपी उपलब्ध गराएको आरोपमा भारतको सीमावर्ती सहर रक्सौलबाट दुई युवक पक्राउ परेका छन् ।
आन्ध्र प्रदेशको विजयवाडा प्रहरी र रक्सौल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, पक्राउ परेका युवकले ओटीपी उपलब्ध गराउन मोबाइल फोन, डेटा तथा अन्य स्रोतसाधन जुटाइदिएबापत रकम लिने गरेका थिए । उनीहरूको साथबाट दुई वटा मोबाइल फोन बरामद गरिएको छ ।
विजयवाडा प्रहरी काण्ड संख्या ०१/२०२६ को अनुसन्धानका क्रममा रक्सौलका व्यक्तिहरू पाकिस्तानी एजेन्टसँग जोडिएको सूचना पाएपछि संयुक्त कारबाही गरिएको प्रहरीले जनाएको छ ।
उक्त ओटीपी भारतविरोधी गतिविधि तथा कथित साइबर जासुसीमा प्रयोग भएको हुन सक्ने प्रहरीको आशंका छ । घटनामा अन्य व्यक्तिको संलग्नता, आर्थिक कारोबार र ओटीपीको प्रयोगबारे थप अनुसन्धान भइरहेको छ ।
सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रहरीले पक्राउ परेका युवकको पहिचान सार्वजनिक गरेको छैन ।
उनीहरूमाथिका आरोप भने अनुसन्धान तथा न्यायिक प्रक्रियाबाट पुष्टि हुन बाँकी छन् ।















प्रतिक्रिया