विराटनगर । कोशी प्रदेश लोक सेवा आयोगका अध्यक्ष महेन्द्रप्रसाद गुरागाईंले पदबाट राजीनामा दिएका छन् । उनले कात्तिक १६ गतेदेखि लागू हुने गरी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
उनको राजीनामा स्वीकृत भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। उनले पदको दुरूपयोग गरेको आरोप लागेको थियो ।
अध्यक्ष गुरागाईं पछिल्लो समय अतिरिक्त भत्ता बुझेको, अदालतको आदेशविपरीत कर्मचारी बढुवा सिफारिस गरेको विषयमा विवादमा तानिएका थिए।















प्रतिक्रिया