१० कार्तिक २०८३, मंगलबार

लुम्बिनी बचाउ महाअभियानका संयोजक खाँ रिहा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुपन्देही । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिको विरोधमा प्रदर्शन गरेपछि पक्राउ परेका लुम्बिनी बचाउ महाअभियानका संयोजक अक्राम खाँ रिहा भएका छन्।

पर्यटनमन्त्रीको पुत्ला दहन गरेको घटनामा प्रहरीले खाँलाई राति नियन्त्रणमा लिएको थियो। उनका अनुसार प्रसाद चोकबाट राति साढे १० बजे पक्राउ गरी लुम्बिनी पुर्‍याइएको थियो। प्रहरी अधिकारीहरूसँगको छलफलपछि उनलाई दिउँसो रिहा गरिएको हो।

खाँसँगै पक्राउ परेका वाजिउद्दिन मुसलमान पनि छुटेका छन्। रिहाइका क्रममा प्रहरीले सडक अवरोध र पुत्ला दहनजस्ता गतिविधि नगरी शान्तिपूर्ण रूपमा माग राख्न सुझाव दिएको खाँले बताए।

पत्रकारहरूसँग कुरा गर्दै खाँले लुम्बिनीको संरक्षण, विकास र स्थानीयको अधिकारका लागि आफ्नो अभियान निरन्तर जारी रहने बताएका छन्। उनले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कानुनी दायराभित्र रहेर आन्दोलन गर्ने स्पष्ट पारेका छन्।