९ कार्तिक २०८३, सोमबार

सुदूरपश्चिम ८७ रनमै अलआउट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै ८७ रन मात्र बनाएको हो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक २७ रन बनाए ।

त्यस्तै, तल्लो क्रममा ब्याटिङ गरेका अनिल खरेल २६ बलमा १५ रन जोड्दै अविजित (नटआउट) रहे भने ओपनर सैफ जैबले १४ बलमा १३ रन बनाए ।  

अन्य ब्याट्सम्यानहरूले भने दोहोरो अंकमा रन छुन सकेनन् ।

विनोद भण्डारी ८ बलमा ९ रन, ईशान पाण्डे ९ बलमा ७ रन, अविनाश बोहरा ९ बलमा ३ रन, ब्रान्डन म्याकमुलेन २ बलमा २ रन र शेरफेन रदरफोर्ड ४ बलमा १ रन बनाएर पेभिलियन फर्किए । 

आरिफ शेख (६ बल), स्कट कुग्गेलेइन (२ बल) र हेमन्त धामी (१ बल) खाता नखोली शून्य रनमै आउट भए ।

सुदूरपश्चिमले अतिरिक्त बापत १० रन प्राप्त गरेको थियो ।