९ कार्तिक २०८३, सोमबार

जिल्ला भ्रमणमा निस्कदै राप्रपा नेताहरु लोहनी, थापा र पाण्डे

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र कमल थापा तथा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेसहितका नेताहरू जिल्ला भ्रमणमा जाने भएका छन् ।

पार्टी स्रोतले दिएको जानकारी अनुसार आगामी कात्तिक ११ गते पर्साको वीरगञ्जबाट सुरु हुने यो भ्रमण बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी र मोरङ हुँदै झापामा पुगेर समापन हुने कार्यतालिका छ ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, राप्रपाको भूमिका र पार्टीको साङ्गठनिक सुदृढीकरणका विषयमा छलफल तथा अन्तरक्रिया गर्न यो भ्रमण आयोजना गरिएको बताइएको छ ।

पार्टीका हालसम्म ७५ जिल्ला अधिवेशन र ५ वटा प्रदेश कार्यसमितिको अधिवेशन सम्पन्न भइसकेका छन् । साथै, सक्रिय सदस्यता वितरणको मिति यही कात्तिक १८ गतेसम्म कायम गरिएको छ ।

आगामी मंसिर महिनामा महाधिवेशनको मिति तय गरिएको अवस्थामा नेताहरूको यो जिल्ला भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।